Information is intelligence
HomeNewsचीनमा भएको एउटा दौडमा २१ धावककाे ज्यान गयो

चीनमा भएको एउटा दौडमा २१ धावककाे ज्यान गयो

- Advertisement -spot_img

चीनमा एउटा दौडमा सहभागी भएकामध्ये २१ जना धावकको ज्यान गएको छ ।

पश्चिम-उत्तर चीनको पहाडी भेगमा पर्ने रिभर स्टोन फरेस्टमा आयोजित प्रतियोगिताका बेला तीव्र गतिको हावासहित कठ्याङ्ग्रिने गरी वर्षा भएपछि उनीको ज्यान गएको बीबीसीले जनाएको छ ।

सय किलोमिटर दूरी भएको दौडमा एक सय ७२ धावक सहभागी थिए । हिजो भएको दौडमा हराएकाहरुमध्ये आज २१ जनाको शव भेटिएको खबरमा उल्लेख छ ।

राति पहाडी क्षेत्रमा तापक्रम घटेको हुँदा खोजी कार्य कठिन भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । यल्लो रिभर स्टोन फरेस्ट ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

एक सय ५१ जनाको उद्धार गरिएको र उनीहरुमध्ये धेरैलाई चोट लागेको बीबीसीले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु