Information is intelligence
HomeNewsप्युठानमा ढुंगाले च्यापेर एकै घरका तीन जनाको मृत्यु

प्युठानमा ढुंगाले च्यापेर एकै घरका तीन जनाको मृत्यु

- Advertisement -spot_img

प्युठानमा घर बनाउन राखेको ढुंगा खसेर च्याप्दा एकै घरका तीन जनाको मृत्यु भएको छ । नौबहिनी गाउँपालिका १ स्यालीवाङका बोमबहादुर मल्लको परिवारका तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३८ बर्षिय बोम मल्ल, उनकी श्रीमती गमी मल्ल र साढे दुई वर्षका छोरा मेघराज मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

सुतिरहेको बेला राति ढुंगा खसेर गएराती तीनै जनाको घटनास्थलमै ज्यान गएको हो । चार जना छोरीहरुमध्ये जेठी छोरी मामाघर गएको र तीन छोरी अर्को कोठामा सुतेकाले दुर्घटनाबाट जोगिएका छन् । गाउँपालिकाले खरको छाना विस्थापित कार्यक्रम अन्तर्गत गरिब परिवारलाई दिएको जस्तापाताले छाउन गारो लगाउन ढुंगा राखिएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु