Information is intelligence
HomeNewsनिषेधाज्ञामा भारतबाट लागुऔषध ल्याउने महिला पक्राउ

निषेधाज्ञामा भारतबाट लागुऔषध ल्याउने महिला पक्राउ

- Advertisement -spot_img

कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएको भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गरेकी एक महिला विराटनगरबाट पक्राउ परेकी छन् । कोरोना नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका समयमा लागुऔषध लिएर नेपाल छिरेकी सुनसरीको इटहरी उपमहानगरपालिका–१ की ४१ वर्षीया रेखा न्यौपाने पक्राउ परेकी हुन् ।

इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक प्रकाश राउत नेतृत्वको टोलीले उनलाई विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट शनिबारसाँझ ६ बजेतिर पक्राउ गरेको हो ।

पक्राउ परेकी महिलाको साथबाट विभिन्न प्रकारका लागुऔषध बरामद भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार न्यौपानेले भारतको जोगवनीबाट झोलामा राखेर ल्याउँदै गरेको लागुऔषध डाइलेक्स डीसी ५० बोतल, नाइट्राभेट एक सय ट्याब्लेट र स्पास्मोप्रोक्सिभन प्लस चार सय ४३ चक्की बरामद भएको छ ।

‘कोरोना महामारीका समयमा निषेधाज्ञाको उल्लंघन गर्दै महिला भारतबाट नेपालतिर छिरेको पाइएपछि नियन्त्रणमा लिएर चेकजाँच गरिएको थियो,’ एसपी श्रेष्ठले भने, ‘बोकेको झोलामा लागुऔषध रहेको पाइएपछि पक्राउ गरियो ।’ पक्राउ परेकी न्यौपानेविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आइतबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी उनले दिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु