Information is intelligence
HomeNewsराष्ट्रपति भवन अगाडि प्रदर्शन

राष्ट्रपति भवन अगाडि प्रदर्शन

- Advertisement -spot_img

प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विरोध गर्ने राष्ट्रपति भवन निवास अगाडि पुगेका प्रर्दशनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई समात्दै प्रहरी भ्यानमा राखेर प्रहरी कार्यालय लगिएको छ ।

युथ काँग्रेस नेपालले आज शीतल निवास अगाडि प्रर्दशन गरेको हो। प्रहरीले नियन्त्रणमा लिँदा सबैको मुखमा मास्क थियो। तर, हातमा न पञ्जा लगाइएको थियो न त फेस सिल्ड नै ।

आज बिहानै नेविसंघका नेता पनि विरोध गर्दा पक्राउ परेका छन् । नेविसंघ पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठीलगायत विद्यार्थीहरु बानेश्वरबाट पक्राउ परेका हुन् ।

उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी तथा केपी शर्मा ओलीलाई गोबर उपहार पठाउने भन्दै प्रदर्शन गरेका थिए। सरकारले संक्रमण बढेको भन्दै नियन्त्रणको लागि निषेधाज्ञा गरेको छ । निषेधाज्ञा उल्लङघन गरेको भन्दै प्रहरीले प्रर्दशनकारीलाई नियन्त्रणमा लिइरहेको छ ।

यता वाम गठबन्धहरुले भने राष्ट्रपति र प्रधानमन्त्रीको कदम बिरुद्ध कानुनीदेखि राजनितिक लडाई लड्ने घोषणा गरिसकेका छन् । पाँच दलहरुले हस्ताक्षर संकलन गरेर सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरिरहेका छन् ।

गठबन्धनले सडक आन्दोलन गर्ने तयारी पाएको सरकारले भने प्रर्दशनकारीलाई पक्राउ गर्ने सुरक्षा निकायलाई निर्देशन दिइसकेको छ । शनिवार गृह मन्त्रालयमा सुरक्षाका निकायका प्रमुखलाई बोलाएर गृहसचिव महेश्वर गौतमले निषेधाज्ञा कडा बनाउन निर्देशन दिएका थिए ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय