Information is intelligence
HomePoliticsसिलिण्डर र अक्सिजनको समस्या समाधान भएको प्रधानमन्त्री ओलीको दावी

सिलिण्डर र अक्सिजनको समस्या समाधान भएको प्रधानमन्त्री ओलीको दावी

- Advertisement -spot_img

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ‌ओलीले अक्सिजन सम्बन्धी सम्पूर्ण समस्या समाधान भइसकेको दावी गरेका छन् ।

बालुवाटारमा भइरहेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले अक्सिजन सम्बन्धी सम्पूर्ण समस्या समाधान भइसकेको बताए हुन् ।

‘ठुलो मात्रामा चाहिँदा अक्सिजनको माग धेरै थियो।  सिलिण्डरको माग धेरै थियो। अब सिलिण्डरको समाधान समाधान भइसकेको छ। अक्सिजनको पनि समस्या समाधान भइसकेको छ।  भेन्टिलेटरको पनि समस्या छैन’, प्रधानमन्त्री ओलीले भने, ‘सिलिण्डर प्लेनमा राखेर भएपनि ल्यायौँ। त्यसो गर्दा एउटै सिलिण्डरको पचासौँ हजार मूल्य पर्‍यो।’

नेपालले समयमै लकडाउन गरेका कारण कोरोनाले धेरै क्षति गर्न नपाएकाे उनले बताए र उनले कोरोना संक्रमण दर ओरालो लाग्न  थालेको भन्दै केही समयमा नियन्त्रणमा लिइसक्ने विश्वास व्यक्त गरे।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु