Information is intelligence
HomeNewsबौंद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई विपत व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरियो

बौंद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई विपत व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरियो

- Advertisement -spot_img

९ जेठ २०७८ शर्मिला विश्वकर्मा, काठमाण्डौं

डाउन सिण्ड्रोम समाज नेपालले  अष्ट्रेलियन आलुम्नाईको सहयोगमा पहिलो पटक बौद्धिक अपाङ्गता भएका बालबालिकाहरु र उनीहरुका अभिभावकहरुलाई बौद्धिक अपाङ्गताको अवस्थाको विपत पूर्व तयारीका सम्बन्धमा यही जेठ ३ गते देखि ९ गते सम्मा ७ दिन जुम मार्फत तालिम प्रदान गरेको छ ।

सो तालिममा विपत योजना बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुले विपतको समयमा घर बाहिर वा विध्यालयमा रहदा व्यक्तिगत तहमा अपनाउनु पर्ने पूर्व तयारी योजनाको विषयमा प्रशिक्षण दिइएको थियो ।

यसका साथै सो तालिममा विपत तथा तयारीको योजना सम्बन्धी जानकारी गराउनुका साथै विगत बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई सुरक्षित राख्नका लागि के कस्तफ उपायाहरु अपनाउन सकिन्छ भनेर आवश्यकता पहिचान गरी अभिभावक तथा शिक्षकहरु विचमा पनि छलफल भएको थियो । उक्त तालिमकै क्रममा सहभागि बौंद्धिक अपाङ्गता भएका बालिकाहरुले आफुले जाने बुझेका कुराहरु पनि व्यक्त गरेका थिए ।

तालिम समापनका क्रममा अपाङ्गता समावेशी विपद जोखिम न्यूनिकरणको राष्ट्रिय अभियान कार्यक्रमका प्रमुख संयोजक तथा बौंद्धिक अपाङ्गता भित्रको पनि डाउन सिण्ड्रोम अपाङ्गताका अभिभावक सुवा थापाले यो जुम मार्फत गरिएको कार्यक्रम भए पनि ज्यादै उपयोगी भएको बताए । साथै उनले कुनै पनि विपतका समयमा अभिभावक, विद्यालयका शिक्षक शिक्षिका, स्वयम् बौंद्धिक अपाङ्गता भएका व्यक्तिहरुले गर्नु पर्न पूर्व तयारीको विषयमा पनि प्रशिक्षण दिदै उनीहरुले यस्ता अभ्यासहरु दोहोर्याएर अभ्यस गर्नु पर्ने बताए ।

सो तालिममा झट्पट् झोला अर्थात GO Babg को विषयमा पनि जानकारी गराइएको थियो । यस झोला भित्र के कस्ता सामाग्रीहरु राख्ने, कति बेला यो झोला लिएर हिड्ने, झोला कहाँ राख्ने, यो झोला किन आवश्यक छ भन्ने कुराको पनि जानकारी गराइएको थियो । तालिमका क्रममा डाउन सिण्ड्रोम समाज नेपालका कानूनी सल्लाहकार तथा बौंद्धिक अपाङ्गताका अभिभावक मुकुन्दहरी दाहाललेअपाङ्गताका सवालमा सरोकार राख्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय कानूनी आधारहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

तालिमामा बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुले यस झोलाको बारेमा आफुले बुझेका कुराहरु पनि बताएका थिए । सो तालिममा डाउन सिण्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापाले यो कार्यक्रम बौंद्क अपाङ्गता भएका व्यक्तिहरु तथा उनीहरुका परिवार वा अभिभावकहरुका लागि यो कार्यक्रम ज्यादै उपलब्धी मुलक रहेको बताइन । सो तालिम समापनका क्रममा आगामी दिनमा पनि बौंद्धिक अपाङ्गता भएका बालबालिकाहरुका लागि यस्तै अन्य कार्यक्रमहरु सञ्चालन गर्नुका साथै विपतको समयमा अपाङ्गता भएका व्यक्तिहरुलाई हुने क्षति कम गर्नको लागि पनि वभिन्न उपायहरु अपनाउने पनि बताइन ।

सो तालिम तथा समापन कार्यक्रममा बौंद्धिक १७ जना बौंद्धिक अपाङ्गता भएका व्यक्तिहरु, १० जना सम्बन्धित क्षेत्रका पर्यवेक्षकहरु, १७ जना अभिभावक ११ जना शिक्षक शिक्षिका र प्रशिक्षक गरी ४५ जनाको सहभागिता रहेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु