Thursday, June 17, 2021
HomeOpinionलासकाे भर्याङ्गमाथि सत्ताकाे कुरूपता

लासकाे भर्याङ्गमाथि सत्ताकाे कुरूपता

- Advertisement -
- Advertisement -spot_img

सन् २०१९ डिसेम्बर ३१ तारिकमा सर्वप्रथम चीनकाे वुहान प्रान्तमा फेला परेकाे काेराेना भाइसले यतिबेला सारा विश्व आक्रान्त बनिरहेकाे छ । कतै काेराेना भाइरसकाे दाेस्राे लहर चलिरहेकाे छ भने कतै तेस्राे लहर चलिरहेकाे छ ।

नेपालमा हाल १ लाख १५ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । काेराेना भाइरसकाे दाेस्राे महामारी भयावह रूपमा फैलिएकाे भन्दै बैशाख १६ गतेदेखि निरन्तर निषेधाज्ञा जारी गरिएकाे छ । पछिल्लाे केही दिनयता दैनिक संक्रमितकाे संख्या घटेपनि बैशाखकाे अन्तिमतिर दैनिक ९ हजारभन्दा बढी सक्रिय संक्रमितहरू फेला परेका थिए भने दैनिक सयाैँकाे संख्यामा आजपनि मानिसहरूले आफ्नाे ज्यान गुमाइरहेका छन् ।

महामारीकाे दाेस्राे लहर चलेसँगै देशभरी अक्सिजनकाे अभाव देखिन थाल्याे । यसकाे निराकरणका लागि सरकारले उल्लेख्य रूपमा काम गरेकाे पाइयाे । देशभित्रै विभिन्न अक्सिजन प्लान्ट निर्माण गर्नेदेखि लिएर अन्तराष्ट्रियस्तरमा पनि सहयाेग प्राप्त गर्याे । सरकारले दाेस्राे लहरकाे महामारीमा गरेकाे सकारात्मक कदम भनेकाे यही एउटा मात्र हाे ।

नेपालमा हाल काेराेना महामारीसँगै राजनीतिक महामारीकाे असंख्य श्रृङ्खला चलिरहेकाे छ । नेपालकाे इतिहासदेखि नै सत्ताका लागि मरिमेट्ने र आफ्नाहरूलाइ सक्नसमेत पछि नहट्ने प्रचलन चलिआएकाे पाइन्छ । चाहे त्याे बहादुर शाह र राजेन्द्रलक्ष्मीकाे पालामा हाेस , चाहे जङ्गबहादुर राणा , चाहे वीर शमसेर चाहे अहिलेका राजनीतिक दलहरू । हुनत इतिहासदेखि सिक्दै आएकाे परम्परा चट्टै छाड्न सक्ने कुरा पनि भएन ।

नेपालमा सबैभन्दा हाइलाइटेड पेशा भनेकै राजनीति हाे । यहाँ हामीले साँच्चिकै समावेशिता देख्न थालेका छाैँ । मान्छे मार्ने गुण्डा नाइकेदेखि अस्पतालमा दादागिरी गर्नेसम्म अनि साँच्चिकै समाजसेवा गर्नेदेखि लिएर कराेडाैँ गाेजीमा हाल्नेसम्म यहिँ देख्न पाइन्छ ।

कुनै एक राजनीतिक दलमात्र हैन नेपालका सबै राजनीतिक दलहरू आफ्नाे कुरूप अनुहार लिएर राजनीति गरिरहेका छन् । २००७ सालदेखि आजसम्म राजनीति गरेकाहरू , २०१५ देखि यता चुनाव लडेकाहरू , पञ्चायतका पञ्चहरू सबै अहिले पनि युवा जाेश लिएर राजनीति गरिरहेकाे देख्न पाइन्छ । यिनीहरूलाइ देश र जनताभन्दा सांसद र मन्त्री पद नै प्याराे लाग्छ । राष्ट्रिय जनजिविकाका सवालहरूमा भन्दा यिनीहरू विपक्षीहरूकाे विराेधमा बढी भाषण गर्न माहिर छन् । जुन अहिले प्रष्ट रूपमा देख्न र भाेग्न पाइएकाे छ ।

सरकारदेखि विपक्षीसम्म कार्यकर्ता भेला गर्ने , संविधान र कानुनकाे मजाक उडाउँदै आफूखुशी व्याख्या र प्रयाेग गर्ने , पदीय मर्यादाकाे समेत ख्याल नगरी कार्यसञ्चालन गर्ने कार्य यतिबेला नेपाली राजनीतिमा छरपष्ट देखिने कुरा हुन् । तर, भुइँमा भने लास माथि लास थुप्रिरहेका छन् । जलाउने ठाउँकाे अभावमा खुला चाैरमा लास जलाउनु परेकाे छ । अस्पतालहरूमा थेगिनसक्नुकाे लाइन छ अक्सिजनका लागि । एकपटक सास फेर्नका लागि घिडघिडाइरहनुपरेकाे छ ।

यतिबेला नै प्रतिनिधिसभा विघटन र चुनावकाे राैनक छाएकाे छ । विपक्षीहरू सडकमा र सरकार चुनावमा केन्द्रित छ । लगातार सम्बाेधन गर्दै महामारी कन्ट्राेलमा रहेकाे भन्दै चुनावभन्दा अगाडी नै सबैलाइ खाेप प्रदान गरिसक्ने बताइरहेका प्रधानमन्त्रीले संक्रमित र मृतकहरूकाे संख्यामा कहिल्यै ध्यान दिएका छैनन् । बरू उल्टै बेसार पानी र अम्बाकाे पातमा अल्झिएर हाच्छ्युँ साच्छ्युँ गरिरहे ।

उता केहीसमयदेखि नै सडकमा बास भएका विपक्षीहरूले पनि सडकमा कहिल्यै महामारी र यसबाट आक्रान्त भएका जनताकाे पक्षमा बाेलेका छैनन् । प्रधानमन्त्री पदका लागि लागि परेका नेताहरू हस्ताक्षर संकलन कार्यमा कुदिरहेका छन् । तर , कुद्दाकुद्दै आफ्नाे गाडीकाे छेउछेउ अर्काे मानिस खाली खुट्टा कुदेकाे कसैले देख्दैनन् , अक्सिजन लिनका लागि ।

यता फेरी सरकार संविधानकाे कुन धारा अन्तर्गतकाे सरकार हाे भन्ने अर्काे अलमल रहेकाे अवस्थामा अध्यादेशमाथि अध्यादेश जारी भैरहेकाे छ । अघिल्लाे दिन म सरकार चलाउन सक्दिनँ भनेर सहमतीय सरकारकाे आह्वान गरेका प्रधानमन्त्रीले भाेलीपल्टै बहुमत हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष निवेदन पेश गरे । एकजना प्रधानमन्त्रीले राजीनामा नदिँदै वा पदमुक्त नहुँदै अर्काे प्रधानमन्त्रीकाे लागि आह्वान गर्नु कत्तिकाे संविधानसम्मत थियाे कसैले बहस गरेनन् । त्यतिमात्र हैन उक्त धाराबमाेजिम सरकार सञ्चालन गर्न नसकेपछि सहमतीय सरकार पनि बन्न सकेन । यहाँ पनि निकृष्ट राजनीति नेपालका नेताहरूले देखाएका कारण । त्यसपछि पुनः उही प्रधानमन्त्री कायम भए न नियुक्ति न राजीनामा आहा प्रधानमन्त्रीकाे भाग्य ।

अब फेरी महामारीमा कुरूप अनुहारतर्फ नै जाऔँ । महामारीमा सहयाेगकाे याचना तर महामारीकाे बीचमा चुनाव घाेषणा । कस्ताे सम्माेहन ? चुनावप्रति । यतिबेला सरकार अरू सबै मुद्दा छाडेर महामारी नियन्त्रणमा लाग्नुपर्ने समयमा संसद विघटन गरी मध्यावधि चुनाव घाेषणा गर्न उद्यत छ भने कसरी राजनीति गर्नेहरू जनताकाे पक्षमा साेच्छन भनेर विश्वास गर्ने । याे सरकार जनताकाे हाे कि राजनीतिक दलहरूकाे मात्र हाे ? यहाँ कमिसनकाे कुरा नमिलेकाे भन्दै भ्याक्सिन ल्याउन ढिलाइ गरिन्छ । स्वास्थ्य सामाग्री आयातमा कराेडाैँ भ्रष्टाचार हुन्छ । प्रधानमन्त्री हेलिकप्टरमा चार्टर गरिएकाे केक काट्छन तर जनतालाइ काेराेना लागि चार्टर गर्न लाखाैँ खर्च लाग्दा सरकार अझै बढी भाडा लिन छुट दिन्छ भने याेभन्दा कुरूप राजनीति अरू केही हुन सक्छ ?

राज्यमा सरकार प्रमुख हुने भएकाले लेखमा पनि सरकारमाथी बढी आराेपहरू देखिन सक्छन् । याे सत्य हाे किनकी जनताकाे जिउधनकाे सुरक्षा , माैलिक हककाे कार्यान्वयन सबै सरकारकाे जिम्मेवारी हुन् । तर यति भन्दैमा अरू पन्छिन भने मिल्दैन । महामारीकाे यस्ताे सकसपूर्ण स्थितिमा पनि पद र सत्ताका लागि मरिमेट्ने अरू राजनीतिकर्मीहरूले पनि यसकाे जवाफदेहिता लिनै पर्छ । काे भन्दा काे कम भन्दै आफ्ना कार्यकर्ताहरूलाइ आन्दाेलन गर्न उक्साउने र महामारी नियन्त्रणमा सरकार चुक्याे भन्नु निर्लज्जताकाे पराकाष्टा हाे ।

राष्ट्रहित र जनहितकाे पक्षमा नबाेल्ने तर पद र शक्तिका लागि सँधै सडकमा नै बस्न तयार हुने विपक्षीहरूबाट पनि जनताले अपेक्षा भने गरेकाे पाइँदैन । नेपालकाे राजनीतिकाे याे कुरूप अनुहारकाे उपचार गर्न नेपाली जनताहरूले धेरै वर्षदेखि तपस्या गरिरहेका छन् । तर उनीहरूकाे तपस्या कहिले पुरा हुन्छ त्याे भने हेर्न बाँकी छ । किनभने नेपाली राजनीतिकाे केही पुस्ताले अहिले पनि यही कुरूपता स्वीकारीरहेकाे छ ।  

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय