Information is intelligence
HomeSportsमैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टिम आज इराक जाँदै, सबैको कोरोना रिपोर्ट...

मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टिम आज इराक जाँदै, सबैको कोरोना रिपोर्ट नेगेटिभ

- Advertisement -spot_img

इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम आज इराक प्रस्थान गर्दै छ ।

२३ खेलाडीसहित ३५ सदस्यीय नेपाली टिम  जाँदै छन् । नेपाली टिम कतार एयरवेजबाट राति १० बजे इराक प्रस्थान गर्ने बताइएको छ ।

इराक जाने सबै नेपाली टोलीको कोरोना रिपोर्ट समेत नेगेटिभ आएको छ । नेपालले जेठ १५  इराकसँग मैत्रीपूर्ण खेल खेल्दै छ ।

नेपालले इराकसँगको मैत्रिपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेल्नेछ ।

छनोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टिम जुन १२ मा स्वदेश फर्किने छन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय