Information is intelligence
HomeNewsप्रदेश र स्थानीयका योजनामा ‘डुप्लिकेसन’

प्रदेश र स्थानीयका योजनामा ‘डुप्लिकेसन’

- Advertisement -spot_img

मुगु — स्थानीय तह र कर्णाली प्रदेश सरकारले सञ्चालन गरेका विभिन्न पूर्वाधार योजनामा ‘डुप्लिकेसन’ हुन थालेको छ । ‘डुप्लिकेसन’ हुँदा केही योजनाको निर्माण सुरु भएको छैन । केही योजनामा रकमको दुरुपयोग हुने भन्दै स्थानीयले विरोध गर्न थालेका छन् ।

छायानाथरारा नगरपालिकाले ३२ लाख रुपैयाँ विनियोजन गरी गत वर्षदेखि चैनस्थित छायानाथ मन्दिर निर्माणको काम अन्तिम चरणमा पुर्‍याएको थियो । तर कर्णाली प्रदेश सरकारले स्वागतद्वार निर्माण गर्न भन्दै यो वर्ष २० लाख ६० हजार रुपैयाँ बजेट पठाएपछि विवाद सुरु भएको छ । त्यस्तै, रुगादेखि तातोपानी जोड्ने सडकमा नगरपालिकाले १५ लाख र प्रदेश सरकारले ४१ लाख रुपैयाँ छुट्याएका छन् ।

सुनाथदेखि शोभा जोड्ने सडकमा पनि ‘डुप्लिकेसन’ देखिएको छ । नगरपालिकाले ६४ लाख रुपैयाँ छुट्याएको सडकमा प्रदेशले २५ लाख ५० हजार रुपैया विनियोजन गरेको छ । ‘पहुँचका आधारमा बजेट आउँदा काममा दोहोरोपना मात्रै देखिएको छैन, बजेट दुरुपयोगको जोखिम पनि बढेको छ,’ स्थानीय युवा कमल मल्लले भने, ‘पूर्वाधार विकासलाई दलका कार्यकर्ताले कमाइ खाने भाँडो बनाए ।’ उनले एकद्वार प्रणालीबाट विकास भए जनताले विकासको अनुभूति गर्ने बताए ।

यस्तै, गमगढीदेखि घट्टलेखसम्मको सडकमा प्रदेश सरकारले ४१ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको भए पनि नगरपालिकाले निर्माण प्रक्रिया सुरु गरेको छ । एउटै योजनामा दोहोरो रकम आउँदा काम सुरु गर्न समस्या भएको पूर्वाधार विकास कार्यालयका प्रमुख योगेन्द्र धरालाले बताए । ‘बरु कति प्रतिशत नगरले र कति प्रतिशत प्रदेश सरकारले लगानी गर्ने भनेर छलफल गरी बजेट विनियोजन गरेको भए काम दिगो हुन्थ्यो,’ उनले भने, ‘यस्तो अवस्थामा कसरी योजना अघि बढाउने ?’

सोरु र खत्याड गाउँपालिकामा पनि धेरै योजनामा ‘डुप्लिकेसन’ हुँदा काम सुरु गर्न समस्या भएको छ । सडक, भवन र सिँचाइका करिब एक दर्जन योजनामा दुवै सरकारले बजेट छुट्याएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु