Information is intelligence
HomeNewsपत्नीको हत्या आरोपमा एक जना पक्राउ

पत्नीको हत्या आरोपमा एक जना पक्राउ

- Advertisement -spot_img

मकवानपुर प्रहरीले पत्नी हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

बयालीस वर्षीया पत्नी सुनिता थापामगरलाई कुटपिट गरी हत्या गरेको भन्दै प्रहरीले बारा निजगढ घर भई हेटौँडा बस्ने ५४ वर्षीय कृष्णबहादुर मोक्तानलाई सोमबार हेटौँडा–८ कमानेबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ९ गते दिउँसो हेटौँडा–१० न्यूरेनीस्थित भुटनदेवी सामुदायिक वनमा बेवारिसे अवस्थामा महिलाको शव फेला परेको घटनाको अनुसन्धानका क्रममा शव मगरको रहेको पहिचान खुलेको थियो ।

पहिचान खुलेपछि प्रारम्भिक अनुसन्धानमा उनकै पति बारा जिल्ला निजगढ नगरपालिकाअन्तर्गत रामथली घर भई हाल हेटौँडा–१० बस्ने ५४ वर्षीय माइला भनिने कृष्णबहादुर मोक्तानले टहराभित्र वादविवाद हुँदा कुटपिट गरेको र नजिकैको न्यूरेनीस्थित भूटनदेवी सामुदायिक वनमा लगी फालेको खुल्न आएको प्रहरीले जनाएको छ ।

मोक्तानलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय