Information is intelligence
HomeNewsअध्यादेश कार्यान्वयन गर्नेगरी उपत्यकामा निषेधाज्ञा लम्ब्याउन सिडिओहरूको बैठक बस्दै

अध्यादेश कार्यान्वयन गर्नेगरी उपत्यकामा निषेधाज्ञा लम्ब्याउन सिडिओहरूको बैठक बस्दै

- Advertisement -spot_img

काेभिड-१९ संकट व्यवस्थापन अध्यादेशमा भएका प्रावधान कार्यान्वयन गर्नेगरी काठमाडाैंमा निषेधाज्ञामा थप कडाइकाे निर्णय गर्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज मंगलबार बस्दैछ ।

पछिल्लाे पटक थप गरिएकाे निषेधाज्ञा सकिन दुई दिन अघि बस्ने बैठकले निषेधाज्ञा थप १५ दिन लम्ब्याउने र साेमबार गृह मन्त्रालयबाट जारी परिपत्र कार्यान्वयन गर्नेगरी रणनीति बनाउने छ । ललितपुरका सिडिओ डुण्डीप्रसाद निरौलाले तत्कालका लागि निषेधाज्ञा थप गरेर जानुको विकल्प नभएको बताए । उनले अध्यादेशमा समावेश भएका व्यवस्थालाई कार्यान्वयन गरिने बताए ।

सरकारले अध्यादेशलाई दुईवटा अस्त्रमा प्रयाेग गरिरहेकाे छ । काेराेना नियन्त्रणका लागि अध्यादेश जारी गरिए पनि संसद विघटनसँगै प्रदर्शन बढ्न थालेपछि अध्यादेशमा भएका व्यवस्था अनुसार नै कारबाही थालेकाे छ, निषेधाज्ञा उल्लंघन आराेपमा निषेधाज्ञाकाे आदेश अटेर गरे ६ महिनासम्म कैद वा ३ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय गर्न सक्न प्रावधान अध्यादेशमा छ । यसैगरी महामारी रोकथामका लागि प्रशासनबाट जारी आदेश उल्लंघन गरेमा व्यक्तिलाई १ लाख र संस्था भए ५ लाख रुपैयाँसम्म जरिवानाको प्रावधान राखिएको छ ।

गृह मन्त्रालयबाट गृह मन्त्रालयका ७५ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लागू भएको छ । अध्यादेशअनुसार निषेधाज्ञामा अनुमतिबेगर सवारी चलाए दुई पांग्रेलाई २ हजार र चार पांग्रेलाई ५ हजार जरिवाना, मास्क नलगाए पटकैपिच्छे १ सय र निषेधाज्ञा उल्लंघन गरेर हिँडडुल गरे प्रत्येक पटक २ सय रुपैयाँ जरिवानाको व्यवस्था छ । आदेशविपरीत काम गरे संस्था वा व्यवसायलाई ६ महिना बन्द गर्न सक्ने अधिकार पनि सिडिओलाई छ ।

दोस्रो लहरको संक्रमण बढ्दै गएपछि उपत्यका प्रशासनले १६ वैशाख गतेदेखि निषेधाज्ञाको आदेश जारी गरेको थियो । २२ वैशाखमा पुन: एक साता थपिएको निषेधाज्ञा ३० वैशाखमा फेरि दुई साताका लागि थपिएको थियो। यो अवधिमा पनि संक्रमण दर नघटेपछि फेरि निषेधाज्ञा थप्न लागिएको हो । स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले सोमबार पत्रकार सम्मेलन गरेर आगामी चार सातामा संक्रमण क्रमशस् घट्दै जाने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय