Information is intelligence
HomeNewsहात्तीको आक्रमणमा आमाको मृत्यु, छोरी घाइते

हात्तीको आक्रमणमा आमाको मृत्यु, छोरी घाइते

- Advertisement -spot_img

बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्तीको आक्रमणमा सोमबार बेलुकी एक महिलाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका—१ सरखुल खपतपुरकी ३७ वर्षीया चन्द्रा विकको मृत्यु भएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जनाए ।

गर्मीका कारण घरबाहिर आँगनमा बसिरहेका चन्द्रा र उनकी तीन वर्षीया छोरी दीपिकालाई बेलुकी ९ बजेतिर हात्तीले आक्रमण गरेको थियो । चन्द्राको घटनास्थलमा मृत्यु भएको छ । दीपिका गम्भीर घाइते भएकाले उपचारका लागि शिक्षण अस्पताल नेपालगन्ज लगिएको छ ।

घटनाको जानकारी राति नै प्रहरीले निकुञ्ज प्रशासनलाई दिएको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठको टोली मंगलबार बिहान घटनास्थलतर्फ गएका छन् । घटनास्थल सदरमुकाम गुलरियाबाट करिब ५० किमी पश्चिम–उत्तरमा पर्छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय