Information is intelligence
HomeNewsसिसिएमसीको प्रमुख कार्यकारी अधिकृतमा बालानन्द शर्मा नियुक्त

सिसिएमसीको प्रमुख कार्यकारी अधिकृतमा बालानन्द शर्मा नियुक्त

- Advertisement -spot_img

कोभिड – १९ सङ्कट व्यवस्थापन केन्द्र सिसिएमसी निर्देशक समितिको प्रमुख कार्यकारी अधिकृतमा पूर्वरथी बालानन्द शर्मा नियुक्त भएका छन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले सिसिएमसी निर्देशक समितिको प्रमुख कार्यकारी अधिकृतमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए । शर्मालाई नेपाल सरकारको सचिवसरहको सेवा सुविधा दिएर उक्त पदमा नियुक्त गरिएको बताइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु