Thursday, June 17, 2021
HomeNewsगाम्बियासँग नेपालको कुटनीतिक सम्बन्ध स्थापना

गाम्बियासँग नेपालको कुटनीतिक सम्बन्ध स्थापना

- Advertisement -
- Advertisement -spot_img

गाम्बियासँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको छ । गाम्बिया नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको १७० औं मुलुक हो । संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि अमृतबहादुर राई र राष्ट्रसंघका लागि गाम्बियाका स्थायी प्रतिनिधि ल्याङ याबोउले कूटनीतिक सम्बन्ध स्थापनाको सम्झौतामा हस्ताक्षर गरेका छन् । पश्चिम अफ्रिकी देश गाम्बियाको क्षेत्रफल ११ हजार वर्गकिलोमिटर छ । दुवै देशका प्रतिनिधिले राष्ट्रसंघलाई कूटनीतिक सम्बन्ध स्थापनाको संयुक्त पत्रमार्फत जानकारी गराएका छन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय