Information is intelligence
HomeNewsबाबुराम भट्टराईको पुत्ला दहन

बाबुराम भट्टराईको पुत्ला दहन

- Advertisement -spot_img

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईको पुत्ला दहन गरिएको छ । पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईको जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर ७ का अध्यक्ष जानकी राम साहको नेतृत्वका युवाहरुले पुत्ला दहन गरेका हुन् ।

पुत्ला दहनको क्रममा अध्यक्ष साहले बाबुरामलाई मधेश विरोधी भएको आरोप लगाए । उनले भने, ‘हामीले जुन पुत्ला दहन गरेका छौँ त्यो बाबुराम भट्टराईको विरोधमा गरेका छौँ। बाबुरामले दिएको बक्तव्यले समग्र मधेसीमाथि आघात पुगेको छ ।’

संविधान जारी भएदेखि मधेसी विरोधी गतिविधिमा रहेका बाबुरामले एकता भएको जसपा पार्टीलाई फुटाउनसमेत लागि परेको साहले आरोप लगाए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु