Thursday, June 24, 2021
HomeNewsप्रतिनिधि सभा विघटनविरुद्ध संयुक्त कार्यक्रम गर्न तरुण दलको परिपत्र

प्रतिनिधि सभा विघटनविरुद्ध संयुक्त कार्यक्रम गर्न तरुण दलको परिपत्र

- Advertisement -
- Advertisement -spot_img

प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेस युवा भ्रातृ संगठन नेपाल तरुण दलले अरु दलसँग मिलेर संयुक्त कार्यक्रम गर्न परिपत्र गरेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धनका पाँचै दलका युवा संगठनसँग सहकार्य गरेर विरोध प्रदर्शनका संयुक्त कार्यक्रम गर्न तरुण दलले परिपत्र गरेको हो ।

‘नेपाल तरुण दलले नेपाली जनताको सात दशक लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्न प्रधानमन्त्रीबाट गरिएको प्रतिगमनकारी कदमको विरुद्धमा नेपाल तरुण दल संग सहकार्य गर्ने अन्य राजनीतिक दलका युवा संगठनहरु योङ कम्युनिष्ट नेपाल वाइसिएल,  समाजवादी युवा संघ-नेपाल, युवा संघ नेपाल, अखिल नेपाल युवक संघ, विवेकशिल साझा युवा संगठनसँग समन्वय र छलफल अघि बढिसकेको कुरा यहाँहरुलाइ विदितै छ’ तरुण दलका अध्यक्ष जीतजंग बस्नेतद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसै सन्दर्भमा नेपाल तरुण दलको त्यस जिल्ला समितिसँग उल्लेखित सहकार्य गर्ने युवा संगठनहरुसँग चुनावको नाटक गर्ने प्रधानमन्त्री र त्यसलाई सघाउने राष्ट्रपतिको राष्ट्रघाती कदमका विरुद्धमा समन्वय गरी संयुक्त संघर्षको कार्यक्रम यो परिपत्र गरिएको छ ।’

विरोध कार्यक्रम गर्दा कोभिड १९ महामारीबाट बच्न स्वास्थ्य मापदण्डको पालना गर्न पनि तरुण दलले आग्रह गरेको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय