Information is intelligence
HomeNewsकैलालीमा महिलामाथि मरणासन्न हुने गरी कुटपिट, दुई जना पक्राउ

कैलालीमा महिलामाथि मरणासन्न हुने गरी कुटपिट, दुई जना पक्राउ

- Advertisement -spot_img

कैलाली – जोशीपुर गाउँपालिका-७, घैलाबौनियाँमा महिलामाथि कुटपिट भएको छ । घैलाबौनियाँस्थित घैला गाउँको नहर चौराहामा स्थानीय जानकी जैसीमाथि दुई युवाले मरणासन्न हुने गरी कुटपिट गरेका हुन् ।

स्थानीय दीर्घराज ढुंगाना र मोहन भनिने डम्मरनाथ ढुंगानाले नाकको डाँडी भाँचिने गरी कुटपिट गरेको पीडित जैसीका श्रीमान् लोगराज जैसीले बताए ।

‘बच्चा खेलिरहेका रहेछन् । सुरुमा मेरो १४ वर्षीय कान्छो छोरा गणेशलाई कुटपिट गरे। त्यसपछि जेठो छोरा १८ वर्षीय भुवनलाई कुटपिट गरे । आफूहरूमाथि कुटपिट भएपछि आफन्तको बिहेमा गएकी आमालाई गुहार्न बच्चाहरू गएका रहेछन् । विवाह घरबाट फर्किने क्रममा जानकीमाथि चोकमै हमला गरिए छ’, उनले भने ।

घटना वैशाख २३ गते दिउँसोको भए पनि आफूहरू उपचारमा व्यस्त रहेकाले ढिला गरी सार्वजनिक भएको जैसीले बताए । अहिले अभियुक्तलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय भजनीमा राखिएको छ ।

पीडित महिलाको निसर्ग हस्पिटल धनगढीमा उपचार भइरहेको छ । उनको नाक भाँचिएको र दुई दाँत आधा टुटेका छन् । आँखा, गर्धन र छातीमा जैसीको गम्भीर चोट लागेको छ । स्थानीय प्रहरीले अभियुक्तलाई पक्राउ गरेर अनुसन्धान थालिएको जनाएको छ ।

अहिलेसम्म पीडितले आफ्नै खर्चले उपचार गरिरहेको र अभियुक्तले उपचार खर्च समेत नदिएको गुनासो गरेका छन् । कोरोना त्रासकै बीच आर्थिक अभाव झेल्दै उपचार गरिरहेको जैसीले बताए ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय