Information is intelligence
HomeNewsधरानमा एम्बुलेन्सबाट एक सय किलो गाँजा बरामद, दुई पक्राउ

धरानमा एम्बुलेन्सबाट एक सय किलो गाँजा बरामद, दुई पक्राउ

- Advertisement -spot_img

एम्बुलेन्समा गाँजा ओसारपसा गरेको आरोपमा धरानबाट दुई जना पक्राउ परेका छन् ।

धरान उपमहानगरपालिका-१५ का ३६ वर्षीय बलबहादुर लिम्बु र धनकुटा सहिदभूमि गाउँपालिका-१ का २८ वर्षीय पोशन राईलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

भेडेटारबाट धरान आइरहेको को१च ५५५९ नम्बरको एम्बुलेन्सबाट प्रहरीले एक सय किलो गाँजा बरामद गरेको थियो ।

लिम्बु चालक हुन्। उनीहरूलाई लागुऔषध मुद्दामा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

धरान-२ स्थित सडकमा प्रहरीले एम्बुलेन्स रोकेर तलासी लिएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु