Friday, June 25, 2021
HomeNewsलुम्बीनी प्रदेश : जसपाका चार सांसदले राष्ट्रिय सभा उपनिर्वाचनमा भोट हाल्न नपाउने

लुम्बीनी प्रदेश : जसपाका चार सांसदले राष्ट्रिय सभा उपनिर्वाचनमा भोट हाल्न नपाउने

- Advertisement -
- Advertisement -spot_img

लुम्बिनी प्रदेशस्थित जनता समाजवादी पार्टीका चार जना प्रदेश सांसदले राष्ट्रिय सभाको उपनिर्वाचनमा मतदान गर्न नपाउने भएका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलको मन्त्रीमण्डलमा सहभागी भएपछि सांसदहरू सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मालाई कारबाही गरी पदमुक्त गरेको थियो ।

तर, उनीहरू पार्टी निर्णयविरूद्ध सर्वोच्च अदालत गएका थिए । सर्वोच्च अदालतले उनीहरूमाथि गरिएको कारबाही यथास्थितिमा राख्न भनेको थियो ।

तर, निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा उनीहरूको नाम समावेश छैन ।

यही जेठ १७ लुम्बिनीमा राष्ट्रियसभाको उपनिर्वाचन हुँदै छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय