Information is intelligence
HomeInternational२४ घन्टामा २ लाख ८ हजार ९ सय २१ जना संक्रमित...

२४ घन्टामा २ लाख ८ हजार ९ सय २१ जना संक्रमित थप

- Advertisement -spot_img

भारतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसका २ लाख ८ हजार ९ सय २१ जना संक्रमित थपिएका छन्।

यस्तै कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा थप ४ हजार १ सय ५७ जनाको मृत्यु भएको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा २ लाख ९५ हजार ९ सय ५५ जना कोरोना संक्रमण मुक्त भएका छन्।
भारतमा कोरोनाका कारण अहिलेसम्म ३ लाख ११ हजार ३ सय ८८ जनाको मृत्यु भएको छ।

भारतीय स्वास्थ्य मन्त्री डा हर्षवर्धनले संक्रमण फैलावमा कमी आइरहेको बताएका छन्।

पछिल्ला दिनमा संक्रमण दर कम भइरहेको र बिरामीको संख्यामा कमी आइरहेको भन्दै उनले यो देशका लागि राम्रो संकेत भएको जनाएका छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु