Information is intelligence
HomeEducationशैक्षिक गतिविधि बन्द नहुने गरी विकल्प अपनाउन सबै क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको अनुरोध

शैक्षिक गतिविधि बन्द नहुने गरी विकल्प अपनाउन सबै क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको अनुरोध

- Advertisement -spot_img

त्रिभुवन विश्वविद्यालयले सकेसम्म शैक्षिक गतिविधि बन्द नहुने गरी वैकल्पिक विधिहरु अपनाउन सबै क्याम्पसहरुलाई आग्रह गरेको छ ।

शिक्षाध्यक्ष प्राध्यापक डाक्टर शिवलाल भुषालले सूचना निकालेर वैकल्पिक विधिबाट पढाइ सञ्चालन गरिरहेकाहरुलाई धन्यवाद दिँदै पढाइ रोकिएका क्याम्पसहरुलाई पनि सम्भव भएका विधिबाट शैक्षिक क्रियाकलापलाई निरन्तरता दिन आग्रह गरेका हुन् । त्रिभुवन विश्‍वविद्यालयले रोकिएका परीक्षाहरु उपयुक्त समयमा गर्ने व्यवस्था गर्ने जनाएको छ ।

निषेधाज्ञा तथा लकडाउनका कारण आवतजावतमा समस्या हुने भएकाले अत्यावश्यक नभइ कार्यालयमा उपस्थित नहुन पनि सबै कर्मचारीहरुलाई त्रि.वि.को आग्रह छ । यस्तै यस वर्ष हिउँदे तथा वर्षे बिदाहरु नपाउने पनि सूचनामा उल्लेख छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु