Information is intelligence
HomeHealthसेनिटाइज गर्ने मेशिनहरू प्रयोगविहीन

सेनिटाइज गर्ने मेशिनहरू प्रयोगविहीन

- Advertisement -spot_img

कोभिड-१९ को दोस्रो लहरमा सेनिटाइज गर्ने मेशिनहरू प्रयोगविहीन बन्दै गएको छ । कोभिड-१९ को पहिलो लहरमा बागमती प्रदेशका नाकाहरू तथा विभिन्‍न कार्यालहरू छिर्ने गेटमा ‘अटोमेटिक सेनिटाइज’ गर्ने मेशिनहरू जडान गरिएकाे थियो । प्रदेश छिर्ने नाकाहरूमा सवारीलाई सङ्क्रमणरहित गरिन्थ्यो । तर त्यो बन्द भएको छ ।

बागमती प्रदेशको राजधानी हेटौंडाको रातोमाटेमा सवारी सङ्क्रमणरहित गर्न जडान गरिएको अटोमेटिक ‘सेनिटाइज मेशिन’ यतिबेला प्रयोगविहीन छ । ३ लाख रुपैयाँका लागतमा निर्मित मेशिनको एक वर्षअघि वागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका थिए ।

प्रदेश नम्बर-२ बाट हेटौंडा प्रवेश गर्ने सबै सवारीलाई नि-सङ्क्रमण गरेर मात्रै प्रवेश गर्न दिइन्थ्यो । तर मेशिनको प्रयोग नहुँदा सवारी निसंक्रमण हुन सकेको छैन । प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोतम सेढाँइले केमिकलको प्रयोग गरेर निसङ्क्रमण गर्ने कुनै नीति नभएको बताए ।

उनले केमिकलले गर्दा उल्टै असर गर्ने भन्दै कोभिडसम्बन्धी ज्ञान बढ्दै गएको र भाइरसको स्वभाव परिवर्तन हुँदै गएकाले सवारीमा निसङ्क्रमण गर्न छाडिएको जानकारी दिए ।उनले सवारीमा निसङ्क्रमण गर्न आवश्यक नभएको पनि बताएका छन् । सुरुमा अन्य मुलुकहरूले गरेको देखेपछि उक्त सिस्टम प्रयोगमा ल्याइएको थियो ।

यता प्रदेश नम्बर-२ बाट बागमती प्रदेश छिर्ने नाका रातोमाटेमा दैनिक सयौ सवारीहरू प्रवेश गरिरेहका छन् । दोस्रो लहरको शरुवाती चरणमा रातोमाटो चेकपोष्टमा स्वास्थ्यकर्मीले ‘थर्मल-गन’ लिएर यात्रीहरूको ज्वरो नाप्ने गरेपनि अहिले त्यो बन्द भएको छ ।

हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईका अनुसार, जनशक्ति अपुग हुँदा नाकामा ज्वरो नाप्ने कार्य बन्द भएको हो । निषेधाज्ञा अघि २ नम्बर प्रदेशबाट आउने यात्रीको फ्लो धेरै हुन्थ्यो भने निषेधाज्ञामा यात्रुहरू कमै हेटौंडामा झर्ने गरेका छन् ।

यतिबेला हेटौंडा उपमहानगर, जिल्ला प्रहरी कार्यालय, बागमती प्रदेश सभाजस्तो स्थानहरूमा जडान भएका सेनिटाइज गर्ने मेशिन पनिप्रयोगविहीन छन् । कोभिडको पहिलो लहरमा यो मेशिन जडान गरिए पनि त्यसको प्रयोग भएको पाइँदैन । कोभिडका बिरामी बोक्ने एम्बुलेन्स, अटो एम्बुलेन्स पनि दैनिक नि-सङ्क्रमण हुने गरेका छैनन् । सवारीमा आश्यक सेनिटाइजर भने छर्केने गरेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु