Information is intelligence
HomeNewsनागरिकता अध्यादेशमा पूर्वसुरक्षाकर्मी परिषद नेपालको खबरदारी: सत्तासँग नागरिकता नसाटियोस्

नागरिकता अध्यादेशमा पूर्वसुरक्षाकर्मी परिषद नेपालको खबरदारी: सत्तासँग नागरिकता नसाटियोस्

- Advertisement -spot_img

काठमान्डौ | हालै सरकारले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेको छ । यसको चौतर्फी विरोद भइराख्दा पूर्वसुरक्षाकर्मी परिषद नेपालले पनि आपत्ति जनाउदै विज्ञप्ति जारी गरेको छ  ।

सोमबार परिषदका संयोजक केवि राउतले जारी गरेको विज्ञप्तिमा कोभिड–१९ को कारणबाट आज राष्ट्र भयानक महामारीमा जुधिरहेको र जनतालाई कसरी कोभिडबाट बचाउने भन्ने अभियानमा एकजुट भएर लाग्नुको सट्टा राजनीतिक पार्टीहरु कुर्सीका निमित्त राज्यको अस्तित्वसँग जोडिएको विषय र गरिमामय संसदमा समेत विचाराधिन रहेको नागरिकता जस्तो संवेदनशिल विषय अध्यादेश मार्फत विघठित संसदबाट बनेको मन्त्रिपरिषद्ले सिफारीस गरिनु र राष्ट्रपति समेतले तत्कालै सदर गरी पारित हुनु सच्चा देशभक्त राष्ट्रवादीहरुको लागि विडम्बना र सरकारको नालायकीपन भएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राज्यका स्तम्भ, पहिचानका आधार र रगतसँग सम्बन्ध भएका वंशजको आधारमा नागरिकता लगायत अन्य सेवा सुविधाहरुबाट हिमाल, पहाड र तराईका खाँटी नेपालीहरु जो कोही पनि बञ्चित हुनु हुन्न भन्ने कुरामा पूर्व सुरक्षाकर्मी परिषद् नेपालको पनि जोडदार माग छ ।’

नागरिकता प्रमाणपत्र, नागरिकको स्वाभिमान, राष्ट्रभक्ति, पहिचान, गौरव,सार्वभौमसताको सुरक्षा र भौगोलिक अखण्डतासँग जोडिएको दस्तावेज भएकोले जनतबाट निवार्चित प्रतिनिधिले भविष्यको खतराको अध्ययन नगरी मातृभूमिलाई आँच आउने कुनै खालको निर्णय गर्न नपाउने भन्दै अध्यादेश खारेजको माघ गरेको छ र यस विषयमा पूर्व सुरक्षाकर्मी परिषद्ले सत्तासँग नागरिकता नसाटियोस् भनेर खबरदारीसमेत गरेको छ ।

पूर्वसुरक्षाकर्मी परिषद नेपालद्वारा जारी विज्ञप्ति:

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु