Information is intelligence
HomeNewsचार वर्षीयालाई बलात्कार गरेको आरोपमा छिमेकी पक्राउ

चार वर्षीयालाई बलात्कार गरेको आरोपमा छिमेकी पक्राउ

- Advertisement -spot_img

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रुपन्देहीको कञ्चन गाउँपालिका–४ का एक व्यक्तिलाई पक्राउ गरेको छ । ५३ वर्षीय ती व्यक्तिले बालिकालाई बयर खान दिने लोभ देखाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बालिकाको अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको पाठेघरमा चोट लागेको चिकित्सकलाई उद्धृत गर्दैै प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाका अनुसार जेठ ११ गते दिउँसो साढे एक बजे बालिकामाथि बलात्कार भएको थियो । प्रारम्भिक अनुसन्धानमा ती व्यक्तिले बालिकालाई बयर खान दिन्छु भन्दै फकाएर आफ्नो घरमा लगेर बलात्कार गरेको खुलेको उनले बताए । उनीमाथि जबरजस्ती करणीअन्तर्गत मुद्दा चलाइएको थापाले जानकारी दिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु