Information is intelligence
HomeInternationalशर्टको कोलर समातेको हुनाले सागरको हत्या !

शर्टको कोलर समातेको हुनाले सागरको हत्या !

- Advertisement -spot_img

भारतलाई ओलम्पिकमा पदक दिलाएका रेस्लर सुशील कुमार अहिले जुनियर रेस्लर सागर धनखडको हत्या आरोपमा प्रहरी हिरासतमा छन् ।

मे ४ मा सागरको हत्या गरिएको थियो । प्रहरीको अनुसन्धानमा पत्ता लागेअनुसार, हत्याको दिन छत्रसाल स्टेडियममा सागर सहित केही मानिसले सुशीलको बेइज्जती गरेकाले त्यसको बदला लिनका लागि उनले हरियाणाबाट गुण्डा बोलाएका थिए । राति तिनै गुण्डाले कुटपिट गरेपछि सागरको मृत्यु भयो ।

सागर लगायतले सुशीलको शर्टको कोलर समातेपछि सुशीलले आफ्नो अपमान भएको अनुभव गरेका थिए । उनीहरूले धम्की दिँदै सुशीललाई भगाएका पनि थिए ।

सुशीलले बेइज्जती सहन सकेनन् र तनावमा आएर बदलाको योजना बनाए । उनले कुख्यात नीरज बवाना र असौदा ग्याङका गुण्डाहरूको सहारा लिए ।

हरियाणाबाट दिल्ली आएका गुण्डाहरूले रक्सी पनि पिएका थिए ।

गुण्डाहरूले सागर लगायतका मानिसलाई राति एक बजे छत्रसाल स्टेडियम लगेका थिए । त्यहाँ गुण्डाहरूले लट्ठी, हकी स्टिक लगायतले नराम्ररी कुटपिट गरेका थिए । सोनु भन्ने व्यक्तिलाई त पिसाब पियाउने कोशिश समेत गरिएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु