Information is intelligence
HomeNewsडिएसपीद्वारा औषधि पसलका कर्मचारीमाथि कुटपिट

डिएसपीद्वारा औषधि पसलका कर्मचारीमाथि कुटपिट

- Advertisement -spot_img

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी प्रहलाद केसीले वीरगञ्जस्थित एक औषधि पसलमा काम गर्ने मेडिकल कर्मचारीलाई कुटेको भिडियो समाजिक सञ्जालमा भाईरल भएको छ ।

भिडियोमा डिएसपी केसीले औषधि पसलमै पसेर ती कर्मचारीलाई हातले, खुट्टाले अनि आफूसँग भएको लठ्ठीले कुटेको देखिएको छ ।

भाइरल भिडियोलाई अहिले वीरगञ्जबासी लगायतका यहाँका अधिकांश व्यक्तिहरुले आफनो फेसबुकमार्फत शेयर गरिरहेका छन् । भिडियोमा प्रहरीले कुटपिट गरेको प्रति आक्रोश जनाउदै फेसबुक प्रयोगकर्ताले पर्सा प्रहरीको चर्को आलोचना गरिरहेका छन् ।

उनीहरुले कुटपिट गर्ने डिएसपी केसीलाई कारवाहीको माग पनि गरेका छन् । प्रहरीले देशै भरि चलाएको ‘प्रहरी मेरो साथी’ नारा मात्रै सीमित रहेको फेसबुक प्रयोगकर्ताको आरोप छ ।

मेडिकल कर्मचारीलाई प्रहरीले कुटपिट गरेको भिडियो बुधबार साँझदेखि समाजिक सञ्जाल फेसबुकमा भाईरल भएको हो । एक मिनेट १२ सेकेन्डको भिडियो सिसिटिभीमा कैद भएको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु