Information is intelligence
HomeInternationalनयाँ संक्रमित भेटिएसँगै अस्ट्रेलियाको भिक्टोरिया स्टेटमा लकडाउन घोषणा

नयाँ संक्रमित भेटिएसँगै अस्ट्रेलियाको भिक्टोरिया स्टेटमा लकडाउन घोषणा

- Advertisement -spot_img

अस्ट्रेलियाको भिक्टोरिया स्टेटमा कोरोना भाइरसको संक्रमण बढेसँगै लकडाउन घोषणा गरिएको छ। राजधानी मेलबर्नमा नयाँ संक्रमितहरुको पहिचान भएसँगै सात दिनको लागि लकडाउन लागू गरिएको हो ।

बिहिबार मध्यरातबाट लकडाउन सुरु हुने अधिकारीहरुले बताएका छन्। हाल मेलबर्नमा २६ जना संक्रमित भेटिएका छन्।  उनीहरुको सम्पर्कमा आएको १५० जनाको पनि पहिचान भइसकेको छ ।

हाल भिक्टोरियामा कोरोनाको निकै संक्रामक मानिएको बि १ २१७ भेरियन्टको लहर देखिएको छ । बाहिरबाट भिक्टोरियामा प्रवेश गरेका एकजना व्यक्तिमा उक्त नयाँ स्ट्रेन देखिएको र त्यहींबाट संक्रमण फैलिएको अनुसन्धानका क्रममा फेला परेको छ। त्यसैले थप संक्रमण फैलिन नदिन लकडाउन गरिएको अधिकारीहरुले बताएका छन् ।

सात दिनको लागि घोषणा गरिएको लकडाउनमा अत्यावश्यक काम, व्यायाम र कोभिड १९ विरुद्ध भ्याक्सिन लगाउनबाहेक अन्य काममा बाहिर निस्किन प्रतिबन्ध लगाइएको छ । सबै प्रकारका सभा सम्मेलनहरुमाथि रोक लगाइएको छ भने कुनै पनि व्यक्तिलाई ५ किलोमिटरभन्दा टाढा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ। विद्यालय, प्रार्थनास्थल लगायत धेरै भिड हुने क्षेत्र बन्द गर्न निर्देशन दिइएको छ। र, सबैलाई अनिवार्य मास्क लगाउन भनिएको छ ।

भिक्टोरियामा संक्रमण बढेपछि अरु राज्यहरुले त्यहाँबाट आउने मानिसहरुमाथि रोक लगाउने तयारी गरिरहेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु