Information is intelligence
HomeSportsजिदानले छाडे रियाल मड्रिड

जिदानले छाडे रियाल मड्रिड

- Advertisement -spot_img

स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले क्लब छाडेका छन्।

उनले रियललाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि जिताएका थिए । फ्रान्सेली प्रशिक्षक जिदानले दोस्रोपटक क्लब सम्हालेका थिए ।

रियल यो सिजन उपाधिविहीन भएको हो । ला लिगाको उपाधि जित्ने होप बनाएको रियलले उपाधि जित्न सकेन ।

रियलले बिहीबार एक विज्ञप्ति निकाल्दै जिदानले क्लब छाडेको जनाएको छ । जिदानसँग रियलले नयाँ सम्झौता गर्ने बताइएको थियो ।

जिदानको नेतृत्वमा रियलले ३ पटक च्याम्पियन्स लिग र २ ला लिगा जितेको छ ।

अब जिदानको स्थानमा रियलले एन्टोनियो कोन्टेलाई क्लबमा भित्राउन सक्ने बताइएको छ ।

जिदान सन् २०१९ मा रियलका मुख्य प्रशिक्षक बनेका थिए । प्रशिक्षक सान्टीयागो सोलारीलाई बर्खास्त गर्दै रियलले जिदानलाई प्रशिक्षक नियुक्त गरेको थियो ।

त्यसअघि जिदानले २०१६ देखि १८ सम्म रियलको टिम हेरेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु