Information is intelligence
HomeNews२४ घण्टामा थप १ सय ६ जना कोरोना संक्रमितको मृत्यु

२४ घण्टामा थप १ सय ६ जना कोरोना संक्रमितको मृत्यु

- Advertisement -spot_img

नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यस्तै सोही समयमा देशभर ६ हजार ७ सय ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २० हजार ९ सय ९२ जनाको परीक्षण गर्दा ६ हजार ७सय ३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसंगै हालसम्म नेपालमा ५ लाख ४२ हजार २५६ जनालाई संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ७ हजार २सय २६ संक्रमित निको भएका छन् ।

योसँगै संक्रमणमुक्त हुने संक्रमितको संख्या ४ लाख १८ हजार ८२९ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या भने ६हजार ९ सय ५१ पुगेको छ । अहिले १ लाख १६ हजार ४७६ जना संक्रमित आइसोलेसनमा छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु