Information is intelligence
HomeInternationalभारतमा दैनिक थपिने संक्रमितको संख्या घट्दो क्रममा

भारतमा दैनिक थपिने संक्रमितको संख्या घट्दो क्रममा

- Advertisement -spot_img

भारतमा दैनिक थपिने संक्रमितको संख्या घट्दो क्रममा छ । पछिल्लो २४ घण्टामा १ लाख ७९ हजार ५३५ नयाँ संक्रमित थपिएका छन् ।

नयाँ संक्रमित भेटिनेको संख्यामा कमि आए पनि मृत्यु हुनेहरुको संख्या भने घट्न सकेको छैन। २४ घण्टामा थप ३ हजार ६ सय ६० जना संक्रमितको मृत्यु भएको छ।

अहिलेसम्म भारतमा २ करो८ ७५ लाख ५५ हजार भन्दा धेरै मानिस संक्रमित भएका छन्। ती मध्ये २ करोड ४८ लाख ९३ हजार भन्दा धेरै संक्रमणमुक्त भएका छन्। बितेको २४ घण्टामा २ लाख ५९ हजार ४ सय ५९ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

अहिले भारतमा सक्रिय कोरोना संक्रमितको संख्या २३ लाख ४३ हजार १ सय ५२ रहेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु