Information is intelligence
HomeSportsयुभेन्ट्सका मुख्य प्रशिक्षक पिर्लो बर्खास्त

युभेन्ट्सका मुख्य प्रशिक्षक पिर्लो बर्खास्त

- Advertisement -spot_img

युभेन्ट्सका मुख्य  प्रशिक्षक पिर्लो क्लबबाट बर्खास्त भएका छन् ।

क्लबले आफ्नो वेबसाइटमार्फत प्रशिक्षक पिर्लो क्लबबाट बर्खास्त  भएको हालेका छन् ।

एक वर्ष अघि मात्र युभेन्ट्समा प्रसिक्षण दिदै आएका पिर्लोमा अनुभबको कमि देखिएको थियो । मुख्य प्रशिक्षक मउरिजो सारीलाई बर्खास्त गरेर युभेन्ट्सले पिर्लोलाई गत वर्ष मुख्य प्रशिक्षक चयन गरेको थियो ।

तर, यस सिजन पिर्लोले युभेन्ट्स सिरी ए को उपाधि दिलाउन सकेनन् । जसको कारण उनी एक सिजनमै बर्खास्तमा परेका हुन् ।

पिर्लोको नेतृत्वमा युभेन्ट्सले कोपा इटालिया भने जितेको थियो ।

इटालीका लिजेण्ड तथा पूर्व मिडफिल्डर पिर्लो पाँच वर्षपछि प्रशिक्षकको रुपमा युभेन्ट्स फर्किएका थिए । उनले सन् २०१५ मा युभेन्ट्स छाडेका थिए ।

सन् २०११ मा युभेन्ट्स आएका पिर्लोले २०१५ सम्म १ सय १९ खेलमा १६ गोल गरेका थिए ।

९ वर्ष देखि लगातर सिरी ए को उपाधि र च्यापीयोस लिग खेल्दै आएको युभेन्ट्सले नत यो सिजन सिरी ए नै हात पार्न सक्यो भने शीर्ष चारमा स्थानमा बनाउन सम्म हमे हमे परेको थियो ।

युभेन्ट्सले मासिमिलानो एलेग्रीलाई मुख्य प्रशिक्षक बनाउने तयारी थालेको छ ।

पिर्लोको खेल जिबन

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु