Wednesday, June 16, 2021
HomeNewsएकैदिन ९,८४१ जना संक्रमणमुक्त, ६९५१ संक्रमित थपिए

एकैदिन ९,८४१ जना संक्रमणमुक्त, ६९५१ संक्रमित थपिए

- Advertisement -
- Advertisement -spot_img

नेपालमा पछिल्लो २४ घण्टामा नौ हजार ८४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । देशभरबाट संक्रमणमुक्त भई उनीहरु डिस्चार्ज भएका हुन् ।

योसँगै हालसम्म देशमा कोरोना निको हुनेको संख्या चार लाख २८ हजार ६७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८५५ जना संक्रमित थपिएका छन् । २० हजार ११० स्वाब नमुनाको परीक्षण गर्दा ६ हजार ८५५  जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै देशमा कुल संक्रमितको संख्या पाँच लाख ४९ हजार १११ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ३९४ रहेको छ ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा देशभर ९६ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या सात हजार ४७ पुगेको मन्त्रालयले जनाएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय