Friday, June 25, 2021
HomePoliticsनिर्वाचनमा जानुलाई प्रतिगमन भन्न मिल्दैन: प्रधानमन्त्री ओली

निर्वाचनमा जानुलाई प्रतिगमन भन्न मिल्दैन: प्रधानमन्त्री ओली

- Advertisement -
- Advertisement -spot_img

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीलाई ध्यानमा राखेर निर्वाचन घोषणा गरेको बताएका छन् ।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफूले परिणामलाई नभई लोकतान्त्रिक प्रणालीलाई ध्यानमा राखेर निर्वाचन घोषणा गरेको बताए ।

प्रधानमन्त्री ओलीले आफूले कि त यही सरकारलाई विश्वासको मत दिन कि त वैकल्पिक सरकार बनाउन प्रस्ताव गरेको तर प्रतिनिधिसभा अकर्मण्य भई परिणाम दिन नसकेको जनाएका छन्।

गत वैशाख २७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएपछि संविधानको धारा ७६ (३) बमोजिम संसदमा ठूलो दलका हैसिसयतले ओली पुनः प्रधानमन्त्री नियुक्त भएका थिए ।

सो सरकारले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था भएकामा पुनः विश्वासको मत पाउने भरपर्दाे आधार नदेखेर आफूले संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनका लागि मार्गप्रशस्त गरेको पनि  प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले निर्वाचनको लागि सबै दललाई सरकारमा सहभागी हुन आग्रह समेत गरेका छन् । प्रतिनिधिसभा पुरै अवधि चलोस् भन्नेमा आफूले कुनै कसर बाँकी नराखेको भन्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुरै अवधि चल्नु र सरकारले जेनतेन ५ वर्ष पूरा गर्दा मात्र राजनीतिक स्थिरता नहुने जिकिर गरेका छन् ।

त्यस्तै, उनले निर्वाचनमा जानुलाई प्रतिगमन भन्न नमिल्ने भन्दै ताजा जनादेशलाई अस्वीकार नगर्न समेत आग्रह गरेका छन् । आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा गरिएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय