Information is intelligence
HomeSportsरोड्रिगेजले कोपा अमेरिका गुमाउने

रोड्रिगेजले कोपा अमेरिका गुमाउने

- Advertisement -spot_img

कोलम्बियाका विंगर जेम्स रोड्रिगेजले कोपा अमेरिका फुटबल गुमाउने भएका छन् ।

चोटको कारण रोड्रिगेजले कोपा अमेरिका गुमाउने भएका हुन् । कोलम्बियाले सार्वजनिक गरेको टिममा हामेसलाई राखिएको छैन ।

गत साता स्वदेश फर्किएका हामेसले केहि दिनमा नै आफुलाई फिट राख्नका लागि फिजिकल एक्सरसाइज सुरु गरेका थिए । तर कोलम्बिया फुटबल टिमका मेडिकल स्टाफले उनलाई पुर्ण रुपमा ठिक नभएको बताएका छन ।

रोड्रिगेजले विश्वकप छनोट अन्तर्गत पेरु र अर्जेन्टिनाविरुद्धको खेल समेत गुमाउने छन् ।

इंग्ल्याण्डमा सकिएको सिजनमा अनुबन्ध भएका हामेसलाई सुरुवात बाट नै चोटले सताएको थियो । जसका कारण उनले एभर्टनले खेलेको लिगको अन्तिम खेल पनि खेलेका थिएनन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु