Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा ६ हजार ८० जना कोरोना सङ्क्रमित निको

पछिल्लो २४ घण्टामा ६ हजार ८० जना कोरोना सङ्क्रमित निको

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा ६ हजार ८० जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै देशभर कोरोना निको हुनेको संख्या ४ लाख ३४ हजार ७ सय ५० पुगेको छ ।

गएको २४ घण्टामा १४ हजार ७ सय ५२ जनाको नमुना परीक्षण गर्दा ४ हजार ३  सय ११ जनामा सङक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थपिएका सहित कोरोना सङ्क्रमितको संख्या ५ लाख ५३ हजार ४ सय २२ पुगेको छ ।

मन्त्रालयका अनुसार थप १ सय १६ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । अहिलेसम्म कोरोना सङ्क्रमणबाट ७ हजार १ सय ६३ जनाले ज्यान गुमाएका छन् । अहिले देशभर १ लाख १५ हजार ५ सय ९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु