Information is intelligence
HomeEducationविद्यार्थीका लागि ल्यापटप किन्न ८० हजारसम्म २ वर्षका लागि १ प्रतिशत ब्याजमा...

विद्यार्थीका लागि ल्यापटप किन्न ८० हजारसम्म २ वर्षका लागि १ प्रतिशत ब्याजमा लाेन दिइने

- Advertisement -spot_img

सरकारले सार्वजनिक विद्यालय तथा क्याम्पसका उच्च माध्यामिक र सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक सिकाइमा सहयोग पुर्‍याउने उद्देश्यका ल्यापटप किन्न कर्जा दिने भएको छ।

शनिबार बजेटमार्फत सरकारले एक थान ल्यापटप खरिद गर्न ८० हजारसम्म २ वर्षसम्मका लागि कर्जा दिने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

यस्तो कर्जाका ब्याज  एक प्रतिशतसम्म मात्र हुने अर्थमन्त्री विष्णु पौडेलले बताए।

त्यसैगरी,  १६ वर्षभन्दा माथिका विद्यार्थीलाई एक थान सिमकार्डसमेत नि:शुल्क उपलब्ध गराइने मन्त्री पौडेलले बताए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु