Information is intelligence
HomeAgricultureसाना किसानलाई धानको बिउ किन्न अनुदान

साना किसानलाई धानको बिउ किन्न अनुदान

- Advertisement -spot_img

रकारले साना किसानका लागि धानको बिउ किन्न २० प्रतिशत अनुदानको व्यवस्था गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै स्थानीय तहमार्फत ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको जानकारी दिए । उनले दूध तरकारी फलफूल माछामासु लगायतका उपभोग्य वस्तुको ढुवानी भाडामा २५ प्रतिशत अनुदानको पनि व्यवस्था गरिएको जानकारी दिए।

यस्तै सरकारले आउँदो आर्थिक वर्ष भित्र सबै प्रदेशमा भूमि बैंक स्थापना गर्ने जानकारी पनि दिएको छ । अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दै सबै प्रदेशमा भूमि बैंक र कम्तिमा ५० शाखा सञ्चालन गर्ने जानकारी दिनुभएको हो । उनकाअनुसार भूमि व्यवस्थापन, सामूहिक खेती लगायत भू–उपयोग नीति तर्जुमा हुने गरी आवश्यक बजेट विनियोजन गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु