Information is intelligence
HomeNewsवीरगन्ज भन्सारको घट्यो राजस्व

वीरगन्ज भन्सारको घट्यो राजस्व

- Advertisement -spot_img

निषेधाज्ञा लम्बिएपछि वीरगन्जका भन्सार कार्यालयहरूको दैनिक कामकाजदेखि राजस्व असुली प्रभावित भएको छ । वीरगन्ज र सिर्सिया सुक्खा बन्दरगाहको दैनिक राजस्व असुली ह्वात्तै घट्दा मासिक लक्ष्य भेट्टाउन कठिन भएको हो ।
पर्सास्थित वीरगन्ज भन्सारको यार्डमा भारत तथा तेस्रो मुलुकबाट आयातित सवारीसाधन । आयातकर्ताले भन्सार जाँचपास नगर्दा यार्डमै थन्किएका हुन् ।

वीरगन्ज भन्सार कार्यालयले जेठमा १९ अर्ब ५७ करोड संकलनको लक्ष्य पाएकोमा सोमबारसम्ममा जम्मा २ अर्ब ४८ करोड रुपैयाँ मात्र उठेको छ, जुन मासिक लक्ष्यको १३ प्रतिशत मात्र हो । मासिक लक्ष्य भेट्टाउन यो भन्सारले दैनिक ७० देखि ७५ करोड रुपैयाँ असुली गर्नुपर्नेछ । हाल दैनिक औसत ३५ करोड रुपैयाँ मात्र संकलन भइरहेको कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए ।

मुलुकभर निषेधाज्ञाका कारण आयातकर्ताले आफ्ना मालवस्तु जाँचपास गराई लगेका छैनन् । यसबाहेक सवारीसाधन नचल्दा इन्धनको आयात पनि घटेको र नया सवारीसाधन आयातकर्ताहरूले अहिले अर्डर नै नपाएको जाँचपास नभएका पौडेल बताउँछन् । जसले राजस्व असुलीमा असर परेको छ । ‘यो भन्सारमा राजस्वमा योगदान गर्ने दुई मुख्य वस्तु इन्धन र नयाँ सवारीसाधन नै हो, यिनकै आयात घटेपछि स्वाभाविक रूपमा राजस्व असुली पनि घट्छ,’ उनले भने ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयले अवस्था पनि उस्तै छ । यो भन्सारले जेठमा ५ अर्ब १३ करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएकोमा सोमबारसम्ममा १ अर्ब २१ करोड ९० लाख मात्र संकलन गरेको छ, जुन मासिक लक्ष्यको २३.७४ प्रतिशत मात्र हो । प्रमुख भन्सार अधिकृत लालबहादुर खत्री अहिले बन्दरगाहको यार्डमा ठूलो परिमाणमा मालवाहक कन्टेनर, बल्क कार्गो वस्तुहरू तथा फलाम आयातकर्ताले जाँचपास गरेर नगरेकाले पर्याप्त राजस्व असुली हुन नसकेको बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु