Friday, June 25, 2021
HomeNewsसुकेटार विमानस्थलको नाम फेर्ने घोषणाप्रति योगेश भट्टराईको असन्तुष्टि

सुकेटार विमानस्थलको नाम फेर्ने घोषणाप्रति योगेश भट्टराईको असन्तुष्टि

- Advertisement -
- Advertisement -spot_img

ताप्लेजुङको सुकेटार विमानस्थलको नाम फेर्ने सरकारको घोषणाप्रति नेकपा (एमाले) नेता योगेश भट्टराईले असन्तुष्टि जनाएका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट वक्तव्यमा सुकेटार विमानस्थलको नाम फेरेर ‘रवीन्द्र अधिकारी विमानस्थल’ राख्ने घोषणा गरेका थिए । अर्थमन्त्री पौडेलले विमानस्थलको धावनमार्ग विस्तारका बजेट विनियोजन गरिएको बताएका थिए ।

नेता भट्टराईले कुनै पनि स्थानहरूको परिचय परिवर्तन गर्न खोज्नुअघि स्थानीइ बासिन्दासँग छलफल गर्नुपर्ने बताएका छन्। भट्टराई ताप्लेजुङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

आइतबार बिहान फेसबुकमा लेखेका छन्, “ऐतिहासिक रुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरूको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामबारे स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधि सहित नागरिक स्तरमा ब्यापक छलफल र बिमर्श गरी सहमति निर्माण गर्नुपर्दछ ।”

सरोकारवालासँग सहमति नगरि परिणाममा पुग्न नसकिने उनले औल्याएका छन्। भट्टराईले भनेका छन्, “असल काम पनि असल नियत र सहि प्रक्रियाबाट गरियो भने मात्र सहि परिणाममा पुग्न सकिन्छ । अन्यथा विवाद, विभाजन र अनावश्यक तनाव मात्र झेल्नु पर्दछ ।”

सरकारले सुकेटारसँगै तेह्रथुमको चुहानडाँडा विमानस्थलको नाम पनि परिवर्तन गर्ने घोषणा गरेको छ । चुहानडाँडा विमानस्थलको नाम आङ छिरिङ शेर्पाको नाममा परिवर्तन गर्ने बजेट भाषणमा घोषणा गरिएको छ ।

ताप्लेजुङमा १५ फागुन २०७५ मा एयर डाइनेष्टी हेलिकोप्टर दुर्घटना हुँदा अधिकारी र शेर्पा सहित सात जनाको निधन भएको थियो ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय