Information is intelligence
HomeNewsसुदूरपश्चिममा ओली पक्षका सांसदलाई स्पष्टीकरण सोधियो

सुदूरपश्चिममा ओली पक्षका सांसदलाई स्पष्टीकरण सोधियो

- Advertisement -spot_img

नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले केपी शर्मा ओली पक्षका सांसद पठानसिंह बोहोरालाई स्पष्टीकरण सोधेको छ ।

एमाले सुुदूपश्चिम प्रदेशका संसदीय दलका नेता प्रकाशबहादुर शाहले दलको बैठकविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधेका हुन् ।

स्थायी कमिटी बैठकको निर्णयविपरीत संसदीय दलले सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । उक्त निर्णयपछि शाहसहित सरकारमा सामेल तीन प्रदेशसभा सदस्यलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ ।

उता, नवनियुक्त मन्त्रीसहित सात प्रदेशसभा सदस्यलाई पनि प्रदेश कमिटीले स्पष्टीकरण सोधेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु