Information is intelligence
HomeNewsदेउवा निवासमा विपक्षी गठबन्धनका नेताहरू छलफलमा

देउवा निवासमा विपक्षी गठबन्धनका नेताहरू छलफलमा

- Advertisement -spot_img

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा विपक्षी गठबन्धनका नेताहरूकाे छलफल सुरु भएको छ ।

सभापति देउवा, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादव र जनमाेर्चाकी दुर्गा पाैडेललगायतका नेताहरु छलफलमा सहभागी छन् ।

समसामयिक राजनीतिक विषयमा साझा धारणा बनाउन नेताहरुको बैठक बसिरहेको स्रोतले बताएको छ ।

कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन कांग्रेस, नेकपा माओवादी, नेकपा एमालेको माधव नेपाल पक्ष, जसपाको बाबुराम / उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाका १४९ सांसदकाे हस्ताक्षर गरेका थिए ।

प्रतिनिधि सभा विघटनपछि ५ दल १४६ सांसद सर्वोच्चमा रिट लिएर गएका थिए। साेही रिटमाथि आज पनि सर्वोच्चमा बहस हुदैँछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु