Wednesday, June 16, 2021
HomeHealthभेरी अस्पताल आक्रमणबारे गठित छानबिन समितिले तयार पार्‍यो प्रतिवेदन, आजै पेश गरिने

भेरी अस्पताल आक्रमणबारे गठित छानबिन समितिले तयार पार्‍यो प्रतिवेदन, आजै पेश गरिने

- Advertisement -
- Advertisement -spot_img

आफन्तको मृत्युपछि भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणबारे छानबिन गर्न गठित छानबिन समितिले प्रतिवेदन तयार पारेको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित छानबिन समितिले घटनाबारे अध्ययन प्रतिवेदन तयार पारी पेश गर्ने तयारी गरेको छ ।
बिहीबार राति दाङ तुलसीपुरका कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएपछि आफन्तले त्यहाँ कार्यरत् डाक्टर र नर्सहरूमाथि कुटपिट गरेका थिए ।

घटना छानविन गर्न भन्दै सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन भएको थियो ।

उक्त समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिएको थियो । यो अवधिमा आफूहरूले सबै सरोकारवालाहरूसँग छलफल गरिसकेको र प्रतिवेदन तयारी पारिसकेको हुँदा आइतबार नै प्रतिवेदन बुझाउने तयारी रहेको समितिका सदस्य तथा भेरी अस्पताल विकास समितिका सदस्य कृष्णप्रशाद श्रेष्ठले बताए ।

‘शुक्रबार नै छानबिन समितिले अस्पतालबाट सिसिटिभी फुटेज निकालेर प्रहरी प्रशासनलाई बुझाइसकेको थियो ।

डाक्टर तथा नर्समाथि आक्रमण र अस्पतालमा तोडफोड गरेको अभियोग खेपेका मानबहादुर रावत, लोकराज र भरत रावतलाई प्रहरीले सोही दिन राति नै पक्राउ गरेको थियो ।

बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले पीडित डाक्टर, नर्स र अस्पताल विकास समितिको जाहेरीका आधारमा उनीहरूकाविरूद्ध शुक्रबार नै ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान जारी रहेको जानकारी दिएका छन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय