Thursday, June 17, 2021
HomeNewsबढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

- Advertisement -
- Advertisement -spot_img

साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । यस दिन छापावाल सुन प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो कारोबारको दिन शुक्रवार छापावाल सुन प्रति तोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आइतवार तेजाबी सुन प्रति तोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय