Information is intelligence
HomeNewsवरिष्ठ अधिवक्ता कार्कीलाई प्रधानन्यायाधीशको प्रश्न– नेकपा फुटाउने मुद्दाले यसमा सरोकार राख्छ कि...

वरिष्ठ अधिवक्ता कार्कीलाई प्रधानन्यायाधीशको प्रश्न– नेकपा फुटाउने मुद्दाले यसमा सरोकार राख्छ कि राख्दैन ?

- Advertisement -spot_img

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नेकपा फुटाउने मुद्दाले संसद् विघटनसम्बन्धी मुद्दामा चासो राख्छ कि राख्दैन भनेर बहसकर्ता कानुनविदहरुसँग प्रश्न गरेका छन् ।

आइतबार बहसको सुरुमै कानुनविद गोबिन्द बन्दीले न्यायाधीश बमकुमार श्रेष्ठको सहभागितामा प्रश्न उठाएपछि प्रधानन्यायाधीश राणाले फैसला हेरेर न्यायाधीश बेठिक भन्ने अधिकार नभएको जवाफ दिएका थिए ।

त्यसपछि बन्दीले आफूले यसलाई जिरह नगर्ने तर त्यस्तो फैसला गर्ने व्यक्ति संवैधानिक इजलासमा बस्दा अदालतको गरिमा बढ्छ कि बढ्दैन ? भनि सोधेका थिए ।

त्यसपछि अधिवक्ता महादेव यादवले बहस गरेका छन् । त्यसपछिको बहसमा आएका अर्का कानुनविद् बद्रीबहादुर कार्कीलाई प्रधानन्यायाधीश राणाले सोधका थिए– नेकपा फुटाउने मुद्दाले यसमा प्रत्यक्ष सरोकार राख्छ कि राख्दैन ?”

त्यसपछि कार्कीले भोलि यो फैसला पुरानो फागुन २३ को फैसलाजस्तै भयो भने बाहिरबाट अदालतमाथि प्रश्न उठ्न सक्ने भएकाले अहिले नै विचार गर्दा राम्रो होला भन्ने जवाफ दिएका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु