Information is intelligence
HomeNewsसुनसरीबाट १६५ किलो अवैध गाँजासहित एक पक्राउ

सुनसरीबाट १६५ किलो अवैध गाँजासहित एक पक्राउ

- Advertisement -spot_img

प्रहरीले सुनसरीबाट भारत जाँदै गरेका एक व्यक्तिको साथबाट १६५ किलो गाँजा बरामद गरेको छ।

कोशी गाउँपालिका-८ भाण्टाबारी पानी ट्याङ्कीस्थित सडकबाट लागूऔषध गाँजासहित सोही ठाउँका ४० वर्षीय गणेश यादबलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।

भारततर्फ निकासी गर्ने उद्देश्यले सीमातर्फ लैजान तयारी बनाई सडकमा निकालेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उक्त गाँजासहित फेला पारेको हो।

यादवलाई हिरासतमा राखेर अनुसन्धान थालिएको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु