Thursday, June 17, 2021
HomeNewsगायक दीप श्रेष्ठलाई कोरोना संक्रमण

गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण

- Advertisement -
- Advertisement -spot_img

वरिष्ठ गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमणसँगै स्वास्थ्यमा जटिल बन्दै गएपछि उनलाई ह्याम्स अस्पतालमा भर्ना गरिएको छ ।

अस्पतालमा उपचाररत श्रेष्ठको अवस्था अहिले सामान्य बन्दै गएको संगीतकार लक्ष्मण शेषले जानकारी दिए ।

श्रेष्ठको अक्सिजन लेभल कम हुनुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । अहिले अक्सिजन लेभल बृद्धि हुनुका साथै स्वास्थ्यमा पनि सुधार हुँदै गएको शेषले जानकारी दिए ।

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का कोचसमेत रहेका श्रेष्ठलाई कोरोना संक्रमण भएको ‘द भ्वाइस अफ नेपाल’को आधिकारिक फेसबुक पेजमा पनि राखिएको छ ।

शोका कोच प्रमोद खरेल तथा तृष्णा गुरुङलाई पनि कोरोना संक्रमण भएको थियो । हाल उनीहरु भने संक्रमणमुक्त भइसकेका छन् । शोका कोचहरुमा नै कोरोना संक्रमण देखिएपछि गत सातादेखि ‘द भ्वाइस अफ नेपाल’को प्रसारण बन्द भएको छ  ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय