Information is intelligence
HomeNewsआठ कैदीबन्दीको कैद मिनाहा

आठ कैदीबन्दीको कैद मिनाहा

- Advertisement -spot_img

गणतन्त्र दिवसका अवसरमा तनहुँ कारागारबाट आठ कैदीबन्दीलाई बाँकी कैद मिनाहा गरी छाडिएको छ । अदालतबाट तोकिएको कैद सजायमध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीलाई राष्ट्रपतिबाट गणतन्त्र दिवस २०७८ का अवसरमा कैद मिनाहा गरिएको हो ।

कैद मिनाहा हुनेमा बहुविवाह मुद्दाका पाँच, ज्यान मार्ने उद्योगका एक, सवारी ज्यान एक, ओखेटो पहार (जीवजन्तुको हाड छालासम्बन्धी) रहेका छन् । कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले गोरखाका एक र तनहुँका सात कैदबन्दीले कैद मिनाहा पाएको बताए ।

बहुविवाह मुद्दाका गोरखाका यमु गुरुङ, तनहुँको भानुनगरपालिकाका सुरेन्द्रकुमार श्रेष्ठ र बाबुराम थापा, व्यास नगरपालिकाका करन परियार र शुक्लागण्डकी नगरपालिकाका रमेशबहादुर मल्ल ठकुरी रहेका छन् । त्यसैगरी ज्यान मार्ने उद्योगका घिरिङ गाउँपालिका सन्तबहादुर श्रेष्ठ, सवारी ज्यान मुद्दाका बन्दीपुरका दिनेश मक्राती र ओखेटो पहार मुद्दामा म्याग्दे गाउँपालिकाका इन्द्रध्वज कार्की रहेको कारागारका जेलर ऋषिराम सुवेदीले बताए । उनका अनुसार  हाल कारागारमा थुनुवा १०६ र कैदी १६२ गरी कूल २६८ कैदीबन्दी छन् । गण्डकी प्रदेशबाट समेत गरी ८० कैदीबन्दीको कैद मिनाहा भएको उनले जानकारी दिए । (रा स स )

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु