Information is intelligence
HomeNewsजावलाखेल भलिवल टिमका म्यानेजर लागुऔषधसहित पक्राउ

जावलाखेल भलिवल टिमका म्यानेजर लागुऔषधसहित पक्राउ

- Advertisement -spot_img

ललितपुरस्थित जावलाखेल भलिबल टिमका म्यानेजर अनुप श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । अनुपसहित थप दुईजनालाई लागुऔषधसहित  पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले  बताइन् ।

पक्राउ पर्नेमा अमृता खड्का र परदु गुरुङ छन् । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले अनुपको कोठाबाट ५० ग्राम अवैध लागु औषध एम्फेटामाइन आइस बरामद गरेको छ । अनुपले एम्फेटामाइन आइसको डिलर चलाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

अमृता र परदु लागु औषध प्रयोगकर्ता हुन् । अनुपकोमा किन्न गएको बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । अनुपको कोठाबाट प्रहरीले लागु औषध तौलने डिजीटल तराजु, प्लाष्टिकका प्याकेट र तिन वटा मिलाएर प्रयोग गरिने लागु पर्दा पनि बरामद गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु