Wednesday, June 16, 2021
HomeNewsमहन्थ ठाकुर र महतो बालुवाटारमा

महन्थ ठाकुर र महतो बालुवाटारमा

- Advertisement -
- Advertisement -spot_img

काठमाडौं |  जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

आज बिहान ठाकुर र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उनीहरू बालुवाटार पुगेका हुन्। उनीहरूबीच अहिले छलफल भैरहेको बालुवाटार स्रोतले जनाएको छ।

सत्ता सहकार्यलगायतका विषयमा छलफल गर्न ठाकुर र महतो बालुवाटार पुगेका हुन्।  भेटमा जसपाका बाँकी माग सम्बोधनलगायतका विषयमा पनि छलफल भइरहेको जनाइको छ।  जसपा ८ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा जाने तयारी गरेको छ।

नागरिकता अध्यादेश, मधेश आन्दोलनमा लागेका मुद्दा फिर्ता र संविधान संशोधन कार्यदल गठन भएपछि जसपाका धेरै माग सम्बोधन भएका छन्।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय