Thursday, June 17, 2021
HomeNewsराप्रपाका मेयरले गरे लुम्बिनीमा उपनिर्वाचन बहिस्कार

राप्रपाका मेयरले गरे लुम्बिनीमा उपनिर्वाचन बहिस्कार

- Advertisement -
- Advertisement -spot_img

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवल शम्शेर राणाले राष्ट्रियसभाको उपनिर्वाचन बहिस्कार गरेका छन् । लुम्बिनी प्रदेशमा भइरहेको राष्ट्रियसभाको उपनिर्वाचनमा मत नहाल्ने उनले घोषणा गरेका छन् ।

देश कोरोना महामारीको चपेटामा परेका बेला सबै मिलेर महामारीको सामना गर्नुपर्नेमा ठूला दल राजनीतिक लडाईँमा लागेकाले आफूले मतदान नगर्ने निर्णय गरेको राणाले बताएका छन् ।

उपमहानगर प्रमुख राणाले सामाजिक सञ्जालमार्फत आफूले उपनिर्वाचन बहिस्कार गरेको बताएका हुन् । उनले आफू जनतालाई महामारीबाट बचाउनका लागि खट्नुपर्ने भएकाले उपनिर्वाचन आफ्नो प्राथमिकतामा नपरेको बताए ।

राणाले लेखेका छन्, ‘अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकोले कांग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु, धन्यवाद !!’

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय